
२९ असार, हुम्ला । सिमकोट गाउँपालिका-५ मा खेतमा काम गरिहेको बेला पर्खाल भत्किंदा एक जना महिला घाइते भएकी छन् ।
खेतको पर्खाल भत्किंदा सिमकोट गाउँपालिका-५ मै बस्ने अन्दाजी २१ वर्षीय रूपमा रोकाया घाइते भएकी हुन् ।
खेतबारी काम गरिरहेको बेला पर्खाल भत्किंदा रुपमा घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
उनको शरीरमा ढुङ्गा खसेपछि ५० मिटर तल खेतमा खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाको डीएसपी शंकर पोखरेलले बताए ।
घाइते रोकायालाई नेपालगन्ज रिफर गरिएको डीएसपी पोखरेलले जानकारी दिए । उनको टाउकोमा चोट लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4