+
+
Shares

न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १७:४७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले न्यायपालिकाको पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन्।
  • थापाले न्यायपालिकालाई सफा बनाउन राष्ट्रिय बहस आवश्यक रहेको बताए।

३० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले न्यायलयको पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले सोमबार काठमाडौंमा राखेको कार्यक्रममा महामन्त्री थापाले न्यायपालिकालाई सफा बनाउन राष्ट्रिय बहस आवश्यक रहेको बताए ।

न्यायपालिकाप्रति धेरै प्रश्नहरू उठेको र नागरिकहरूको विश्वास र भरोसाका निम्ति नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताए । पुनर्संरचना गर्नका निम्ति आवश्यकता पर्दै गर्दा न्यायाधीशको पुनर्नियुक्ति गर्ने गरी जानुपर्ने उनले बताए ।

‘संविधान संशोधनको विषय चलिरहेको बेलामा एउटा महत्त्वपूर्ण विषयमा प्रवेश गर्नैपर्छ । त्यो भनेको न्यायपालिकाको पुनर्संरचनाको विषय हो,’ थापाले भने, ‘गोपालकृष्ण घिमिरे बारको अध्यक्ष हुँदै गर्दाखेरि एउटा अध्ययन र त्यसभित्र विवेचना गरेर राष्ट्रिय स्तरमा एउटा पोजिसन बनेको छ । बारको यो पोजिसनलाई नेपाली कांग्रेसले अन गर्नुपर्छ र न्यायालयको पूरा पुनर्संरचनाको बाटो जानुपर्छ,’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?