
३२ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले शपथ ग्रहण गरेकी छिन् ।
राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् ।
नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गरेका थिए ।
घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि उक्त मन्त्रालयबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।
लगत्तै न्यौपानेलाई सो पदमा नियुक्त गरिएको थियो ।
न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभा सदस्यको रूपमा उनको कार्यकाल आगामी २० फागुनसम्म छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4