News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को दोस्रो संस्करणमा पोखरा निन्जाज नयाँ टिमको रुपमा प्रवेश गरेको छ।
- भीसर्भ समूहको स्वामित्वमा रहेको पोखरा निन्जाजले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछ।
- टोलीले छिटै मार्की खेलाडी, प्रशिक्षक र गुडविल एम्बासडरको नाम सार्वजनिक गर्ने जनाएको छ।
३२ असार, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाज नयाँ टिमको रुपमा प्रवेश गरेको छ ।
पोखरा निन्जाजले बुधबार विज्ञप्ती जारी गर्दै ईडब्लुभिएलमा आफ्नो आगमन भएको जनाएको छ । भीसर्भ समूहको स्वामित्वमा रहेको पोखरा निन्जाजले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछ ।
यसअघि पहिलो संस्करणमा गण्डकी थण्डर्स टिमले खेलेको थियो । यस पटक गण्डकीको स्थानमा पोखरा निन्जाज आएको हो । दोस्रो संस्करणमा पनि ६ टिमले नै प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा निन्जाजले छिटै मार्की खेलाडी, प्रशिक्षक र गुडविल एम्बासडरको नाम पनि सार्वजनिक गर्ने जनाएको छ । इडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ अन्तिममा हुनेछ ।
त्यसका लागि आउने शुक्रबार खेलाडी अक्सन हुँदैछ । नेपाली भलिबलकै इतिहासमा पहिलो पटक ईडब्लुभिएलको अक्सन हुन लागेको हो ।
प्रतिक्रिया 4