+
+
Shares

पाँचथरमा सेफ्टिक टयांकीमा काम गर्ने क्रममा एक जनाको मृत्यु, २ मजदुर बेहोस

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसेमा सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ भने दुई जना बेहोस भएका छन्।
  • मृत्यु हुनेमा ३८ वर्षीय रत्न चेम्जोङ रहेका छन् भने दुई जना मजदुर भिष्म चेम्जोङ र बिरु चेम्जोङको उपचार भइरहेको छ।
  • घटनाबारे जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिएका छन् र प्रहरी टोलीले घटनास्थलबाट मजदुरहरूलाई बाहिर निकालेर उपचारका लागि इलाम अस्पताल लगेको छ।

१ साउन, काठमाडौं । पाँचथरमा सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ भने २ जना बेहोस भएका छन् ।

बुधबार साँझ फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसेमा निर्माणाधीन सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा तीन मजदुर बेहोस भएका थिए । ती मध्ये एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकी बताए ।

उनका अनुसार मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–५ का ३८ वर्षीय रत्न चेम्जोङ छन् । बाँकी दुई जना सोही ठाउँका २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङको अहिले पनि उपचार जारी छ ।

घुर्बिसे पञ्चमी सहकारी संस्थाले बनाउँदै गरेको सेफ्टिक ट्यांकीमा उनीहरू काम गरेका थिए । सेफ्टिक ट्यांकीभित्र सुरुमा एक जना मजदुर छिरको र उनी बेहासे भएपछि निकाल्न भन्दै अरू दुई जनाभित्र पसेको पाइएको डीएसपी बुढाथोकीले बताए । उनीहरू पनि बेहोस भएका थिए ।

यो जानकारी पाउनासाथ प्रहरी चैकी फाक्तेपबाट असई शेरबहादुर राईको कमान्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो । जेसीबीको सहयोगले उनीहरूले बाहिर निकालिएको थियो ।

त्यसपछि उपचारका लागि इलाम अस्पताल लगिएको रत्नको मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?