
News Summary
Generated by OK AI. Editorially reviewed.- इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ।
- हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको छ र किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।
- घाइते निरोज चापागाईंलाई फिक्कल अस्पतालबाट थप उपचारका लागि झापातर्फ पठाइएको छ।
१ साउन, काठमाडौं । इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ ।
हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको छ । हतियार प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका–१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाईं र उनको भाई प्रकाश चापागाईंलाई किरणले धारिलो हतियार प्रहार गरेका थिए ।
हतियार प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो ।
घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4