
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा पूर्वाधार विकास समितिले रिङरोड विस्तार गर्दा ओभरपास वा अन्डरपास कहाँ राख्ने स्पष्ट गर्न सरकारलाई सुझाव दिएको छ।
- समितिका सभापति दीपकबहादुर सिंहले आवश्यक ठाउँमा मात्र ओभरपास राख्नुपर्ने र अनावश्यक ठाउँमा राख्दा समय र लागत खेर जाने बताए।
- सिंहले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर क्षेत्रमा चक्रपथ विस्तारमा पहिलेका गल्ती नदोहोर्याउन र डीपीआर बनाएर अघि बढ्न आग्रह गरे।
२ साउन, काठमाडौं । रिङरोड विस्तार गर्दा ओभरपास वा अन्डरपास कहाँ–कहाँ राख्ने पहिले नै स्पष्ट हुन सरकारलाई संसदीय समितिले सुझाव दिएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई यस्तो सुझाव दिएको हो
समितिका समापति दीपकबहादुर सिंहले रिङरोड बिस्तार गर्दा कहाँनेर ओभरपास वा अन्डरपास राख्ने हो, अहिले नै स्पष्ट हुनुपर्ने बताए ।
आवश्यक ठाउँमा ओभरपास नराख्दा पछि थप्नुपर्ने र आवश्यक नभएको ठाउँमा राख्दा पछि भत्काउनुपर्ने परिपाटीले लागत र समय दुवै खेर गएको उनको भनाइ छ । यसतर्फ ख्याल गर्न उनको सुझाव छ ।
सभापति सिंहकाअनुसार यो विषयमा यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयले ध्यान दिनुपर्ने हुन्छ ।
सभापति सिंहले भने, ‘हिजोका दिनको बल्खु अन्डरपासको बारेमा हामीहरूले धेरै कुरा भोगिसकेका छौं । जुन यो चक्रपथको १.२ किलोमिटर छ, त्यसका लागि पनि डीपीआर गर्दाखेरी चाहिने मात्रामा अति आवश्यक हुने ठाउँमा फ्लाइओभर ब्रिज वा अन्डरपासका लागि पनि अहिले नै सोच्नुपर्ने अवस्था छ,’ सभापति सिंहले भने
उनका अनुसार रिङरोडमा चाइनिजले बनाइसकेपछि वर्षौंसम्म बनेको ब्रिजलाई उखेलेर, समय पनि, लागत पनि हाम्रो ठूलो मात्रामा बालुवामा पानी हालेजस्तो भएको छ ।
‘जुन हिसाबबाट हिजोका दिनबाट बल्खुबाट सिकेका छौँ, कमि कमजोरी भएको छ, अब सकेसम्म नयाँ बन्न गएको रिङरोडमा चाहिने पूर्वाधारहरू पूरा कम्प्लिट गरिकन, जुन अन्डरपास बनेको छ, त्यो ठाउँबाट निस्केपछि त अगाडि पट्टी त जामै जाम छ नि,’ उनले भनेका छन् ।
सभापति सिंहले कलंकी–नारायणगोपाल चोक– कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहोर्याउन पनि आग्रह गरे ।
उनले भनेका छन्, ‘अब उप्रान्त रिङरोडको कोटेश्वर– नारायणगोपाल चोक–चाबहिल एरिया–गौशाला (सातदोबाटो र स्वयम्भू एरियामा पनि) कहाँ अति आवश्यक छ, बाइपास’ ? अन्डरपास वा फ्लाइओभर ? अहिले देखि नै डीपीआर बनाइकन जान पनि समितिले अनुरोध गर्दछ ।’
प्रतिक्रिया 4