+
+
Shares

‘कोल्डप्ले’को कन्सर्टमा अर्बपतिको ‘विवाहेत्तर सम्बन्ध’को खुलासा भएपछि तरंग

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बोस्टनमा सम्पन्न कोल्डप्ले कन्सर्टमा प्रविधि कम्पनी एस्ट्रोनमरका सीईओ एन्ड बायरन र मानव संशाधन प्रमुख क्रिस्टिन क्याबोर्टको विवाहेत्तर सम्बन्ध सार्वजनिक भयो।
  • एन्ड बायरनले माफी माग्दै आफ्नो परिवारको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् भने उनकी पत्नीले फेसबुक एकाउन्ट डिलिट गरेकी छन्।
  • यो घटना विश्वभरका मिडियामा भाइरल भएको छ र अर्बपति इलन मस्कले यसलाई ब्यंग्यात्मक रुपमा प्रतिक्रिया दिएका छन्।

बोस्टन (अमेरिका) । यतिबेला विश्वचर्चित ब्याण्ड ‘कोल्डप्ले’को गएराति सम्पन्न बोस्टन कन्सर्ट चर्चामा छ ।

नहोस् पनि किन ? एक हाइप्रोफाइल विवाहेत्तर सम्बन्धको खुलासा भएपछि विश्व मिडिया नै यही समाचार वरपर कुदिरहेका छन् ।

स्टेजमा प्रस्तुति दिइरहेका गायक क्रिस मार्टिनले जब क्यामेराको लेन्स कुनै एक जोडीमाथि केन्द्रित गरे । उज्यालो प्रकाशमा स्पष्ट देखिने उक्त दृश्य उक्त कन्सर्टको डिस्प्लेमा समेत देखियो ।

त्यो जोडी अरु कोही नभएर प्रविधि कम्पनी एस्ट्रोनमरका अर्बपति सीइओ एन्ड बायरन र सोही कम्पनीकी मानव संशाधन (एचआर) विभाग हेर्ने कर्मचारी क्रिस्टिन क्याबोर्ट थिए ।

भाइरल भैरहेको भिडियोमा यी दुई रोमान्टिकरुपमा आलिंगनमा बाँधिएको देखिएको छ । आफूहरूमाथि लाइट फोकस हुने वित्तिकै यी दुई मुख छोप्दै लुक्छन् र बाहिरिन्छन् ।

यो दृश्य प्रकाशमा आउने वित्तिकै यी दुईजनाको विवाहेत्तरको सम्बन्ध छताछुल्ल भयो । घटनापछि विश्वभरका मिडियाले यसलाई समाचार बनाइरहेका छन् । अर्बपति इलन मस्कले खिसिट्युरी गर्दै स्माइल इमोजीमार्फत ब्यंग्य गरेका छन् ।

यी दुबैजना विवाहित हुन् । सीईओ बायरनले घटना लगत्तै विज्ञप्तिमार्फत माफी मागेका छन् भने आफ्नो परिवारको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् । उनकी पत्नीले फेसबुक एकाउन्ट डिलिट गरेकी छन् ।

यो भाइरल भिडियो विश्वभर चर्चाको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?