News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेष्ट महिला भलिबल लिगमा सहभागी ६ वटै टोलीको मार्की खेलाडीको टुंगो लागेको छ।
- पोखरा निन्जाजको मार्की खेलाडी नयाँ छन् भने अन्य टोलीले पहिलेकै मार्कीलाई निरन्तरता दिएका छन्।
- लिगमा २ जना सेटर, १ जना लिबेरो र १ जना मिडल ब्लकर रहेका छन्।
२ साउन, काठमाडौं । एभरेष्ट महिला भलिबल लिगमा सहभागी ६ वटै टोलीको मार्की खेलाडीको टुंगो लागेको छ । लिगमा नयाँ टोली पोखरा निन्जाजको मार्की मात्र नयाँ छन् भने अन्य टोलीले पहिलेकै मार्कीलाई निरन्तरता दिएका छन् ।
साविक विजेता कर्णाली यशविसको मार्की खेलाडीमा सुमित्रा रेग्मीलाई नै निरन्तरता दिइएको छ भने मधेश युनाइटेडको मार्की खेलाडीमा पनि पहिलो संस्करणकै मार्की निरुता ठगुन्ना छन् ।
काठमाडौं स्पाइकर्सको मार्की खेलाडीमा उषा भण्डारी छन् भने लुम्बिनी लाभाजको मार्कीमा राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही छन् । उनीहरू पनि पहिलो संस्करणकै मार्की हुन् ।
यस्तै सलिना श्रेष्ठ ललितपुर क्विन्सको मार्कीमा फेरि दोहोरिएकी छन् । लिगमा नयाँ टोलीको रूपमा आएको पोखरा निन्जाजको मार्कीमा प्रगति नाथ छन् । उनी नयाँ मार्कीको रूपमा देखिएकी एकमात्र खेलाडी हुन् ।
मार्कीमध्ये अरुणा र प्रगति सेटर हुन् भने सलिना लिबेरो, सुमित्रा मिडल ब्लकर तथा निरुता र उषा आउटसाइड हिटर हुन् ।
इडब्लुभीएलको दोस्रो सिजनका लागि ऐतिहासिक अक्सन आज काठमाडौंमा भइरहेको छ ।
प्रतियोगिता आगामी भदौ २० देखि २८ गतेसम्म हुने तय छ ।
प्रतिक्रिया 4