+
+
Shares

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केल्मी नेपालले २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटमा अन्तर्राष्ट्रिय बजार विकास अवार्ड प्राप्त गरेको छ।
  • प्रबन्ध निर्देशक उत्तम न्यौपानेले केल्मीले नेपालमा २१ आउटलेट सञ्चालन गर्दै खेलकुद क्षेत्रलाई सशक्त बनाउन योजना बनाइरहेको जानकारी दिए।
  • केल्मीले एसियन फुटबल फेडरेसनसँग पाँच वर्षको सहकार्य सम्झौता गरेको छ ।
  • नेपालमा फुटबल, भलिबल र तीनवटा विभागीय टिमले केल्मीका उत्पादन प्रयोग गर्दै आएका छन् ।

काठमाडौं । केल्मी नेपाल इन्टरनेशनल मार्केट डेभलपमेन्ट (अन्तर्राष्ट्रिय बजार विकास) अवार्डबाट सम्मानित भएको छ ।

२०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मी मुख्यालय चीनमा आयोजित एक विशेष समारोहमा केल्मी नेपाल सम्मानित भएको हो ।

केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले प्रमाणपत्र र ट्रफीसहित सम्मान ग्रहण गरेका हुन् । चीनको फुज्यान प्रदेशको चिन्च्याङ सहरमा रहेको केल्मी मुख्यालयमा आयोजित कार्यक्रममा विश्वभरका प्रतिनिधिहरु उपस्थित थिए ।

सम्मान ग्रहणपछि प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘पहिलोपटक यसरी अन्तर्राष्ट्रिय स्टरको सम्मान पाउँदा हामीलाई थप हौसला मिलेको छ । हामी केल्मीसँगको आफ्नो साझेदारीलाई अझ सुदृढ गर्दै नेपालमा खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्न र विश्वस्तरीय स्पोर्टस् वेयर उपलब्ध गराउन प्रतिबद्ध छौं ।’

केल्मी स्पेनिस स्पोर्टस् ब्राण्ड हो । यसको मुख्यालय चीन र स्पेनमा छन् । नेपालसहित दक्षिण एसियाली बजार चीन मुख्यालयले हेर्ने गर्दछ ।

नेपालमा सन् २०१७ मा केल्मी भित्रिएको थियो, जुन दक्षिण एसियामै पहिलो थियो । त्यसपछि नेपालबाटै बंगलादेश, मालदिभ्स, भुटान लगायत देशमा केल्मीले उपस्थिति बिस्तार गरेको थियो ।

केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार नेपालमा केल्मीका २१ आउटलेट छन् । तीमध्ये ८ वटा काठमाडौं उपत्यकामा र बाँकी ११ वटा उपत्यका बाहिर छन् ।

उनी केल्मीको बजारलाई अझ विस्तार गर्न र नवीन उत्पादनहरू ल्याउन तथा नेपाली खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन योजना बनाइरहेको बताउँछन् । ‘केल्मी विश्वप्रसिद्ध स्पोर्टस् वेयर ब्रान्ड हो । नेपाली बजारमा पनि केल्मीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ भने खेलाडीहरुको पहिलो रोजाइमा रहने गरेको छ,’ न्यौपाने भन्छन् ।

केल्मीले हालै एसियन फुटबल फेडरेसन (एएफसी)सँग पाँच वर्षसम्म सहकार्य गर्न हालै सम्झौता गरेको छ । ‘एएफसीसँगको सम्झौता आगामी सेप्टेम्बरबाट कार्यान्वयनमा आउने छ,’ न्यौपानेले भने, ‘अब पाँच वर्षको लागि एएफसीले आयोजना गर्ने हरेक टुर्नामेन्टमा रेफ्री जर्सी, बल लगायत जे प्रयोग हुन्छ, त्यो सबै केल्मी ब्राण्डको हुनेछ ।’

यसैगरी अब आउने विश्वकपमा जोर्डनले, अर्जेन्टिनाको राष्ट्रिय बास्केटबल टिमले, इंग्लिस प्रिमियर लिगमा वार्टफोर्डले, लालिगामा स्पानियोलले लगाउने गरी सहकार्य पनि भएको उनले जानकारी दिए ।

नेपालमा हाल फुटबल, भलिबल र तीनवटा विभागीय टिमले केल्मीका उत्पादन प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?