+
+
Shares

५ संसदीय समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ६:५४

४ साउन, काठमाडौं । सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ ।

निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

कानुन समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘मधेसी आयोगको वार्षिक प्रतिवेदन (आव २०८०/८१) माथि’ छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल’ गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यक्रम छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिमिा ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?