
४ साउन, काभ्रेपलाञ्चोक । पहिरोले दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार दोलखाको बिगु गाउँपालिका १ सोल्टीमोडमा पहिरो खस्दा सिंगटी लामाबगर सडकखण्ड अवरुद्ध भएको हो ।
सडक खुलाउने पहल भइरहेको तर खुल्न केही समय लाग्न सक्ने उनले बताए ।
गसैगरी कालिन्चोक गाउँपालिका ६ लापिलाङ जाने सडक पनि अवरुद्ध भएको छ ।
गोदुङ भन्ने ठाउँमा खहरेखोलाको पानी राति जमेर एकैपटक खुल्दा सडकमा क्षति पुगेको छ ।
सडकको भागमा माटोको लेदो र ढुङ्गा जमेर असर पुगेको छ । साथै सडकको ढलान मुनि समेत भत्किएको छ । त्यसैले चारपांग्रे सवारी साधन हाल चल्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बाढीले पु-याएको क्षति
साउन ३ गते राति आएको अविरल वर्षाको कारण कालिञ्चोक खोलामा आएको बाढीले बिगु गाउँपालिका-८ र कालिञ्चोक-२ त्याम्पेथालीमा स्यारवाडाङबाट कारवाडाङ जाने पुल बगाएको छ । कालिञ्चोक खोलामा आएको बाढीले कालिञ्चोक-२ भ्यागाटर र विगु-८ थुमुटारतर्फ गरी ३०/३५ जनाको खेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिए ।
कालिञ्चोक खोलामा आएको बाढीले ह्यूमपाइप बगाइ बाटो अबरोध भएको छ । भने बिगु गाउँपालिका-८ भ्यागुतेटारका ३६ वर्षीय मदन थामीले माछा पोखरी भत्काइदिएको छ ।
प्रतिक्रिया 4