+

फिफाको ‘फुटबल फर स्कूल्स’ नेपालमा सुरु हुँदै, उद्घाटनमा आस्था राउतको प्रस्तुति हुने

२०८२ साउन  ९ गते १६:३७ २०८२ साउन ९ गते १६:३७
फिफाको ‘फुटबल फर स्कूल्स’ नेपालमा सुरु हुँदै, उद्घाटनमा आस्था राउतको प्रस्तुति हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफाको वैश्विक पहल ‘फुटबल फर स्कूल्स’ कार्यक्रम नेपालमा पहिलोपटक सुरु गरिनेछ।
  • फिफा र युनेस्कोको सहकार्यमा सञ्चालन हुने कार्यक्रममा बालबालिकामा जीवन कौशल विकास र समावेशीकरण प्रवर्द्धन गरिनेछ।
  • चर्चित गायिका आस्था राउतले विशेष प्रस्तुति दिने छिन्।

९ साउन, काठमाडौं । फिफाको वैश्विक पहल ‘फुटबल फर स्कूल्स’ कार्यक्रम नेपालमा पहिलोपटक सुरु हुँदैछ। कार्यक्रम आगामी ३१ जुलाईमा दशरथ रंगशालामा औपचारिक रूपमा सुरु गरिने भएको छ।

फिफा र युनेस्कोको सहकार्यमा संचालन हुने यो अभियानले विद्यालय शिक्षा प्रणालीमा फुटबललाई समेट्ने लक्ष्य लिएको छ। यस कार्यक्रममार्फत बालबालिकामा जीवन कौशल विकास, समावेशीकरण प्रवर्द्धन र खेलमार्फत स्वस्थ जीवनशैली प्रोत्साहन गरिनेछ।

कार्यक्रमलाई आकर्षक बनाउन चर्चित गायिका आस्था राउतले विशेष प्रस्तुति दिने भएकी छन्। यसबारेको सम्झौता अखिल नेपाल फुटबल संघ (एन्फा) र आस्था राउतबीच सम्पन्न भएको छ। सम्झौतामा गायिका राउत र एन्फाका महासचिव किरण राईले हस्ताक्षर गरेका छन्।

यो कार्यक्रम नेपाली विद्यालयहरूमा फुटबल शिक्षासँगै मनोरञ्जन र शिक्षाको उत्कृष्ट संयोजनको सुरुवात हुने अपेक्षा गरिएको छ।

फुटबल फर स्कूल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय