
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा गीतकार तथा संवाद लेखक गणेश सुवेदी नियुक्त भएका छन्।
- संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले उनलाई विहिबार सदस्य पदमा नियुक्त गरिएको जानकारी दिनुभयो।
- दिनेश डीसी अध्यक्ष रहेको बोर्डमा सन्तोषबाबु लोहनी र वीरेन्द्रप्रसाद भट्ट सदस्य रहेका छन्।
काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा गीतकार तथा संवाद लेखक गणेश सुवेदी नियुक्त भएका छन् ।
उनलाई विहिबार नै सदस्य पदमा नियुक्त गरिएको जानकारी संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अनलाइनखबरलाई दिए ।
दिनेश डीसी (दिनेशराज दाहाल) अध्यक्ष रहेको बोर्डका अन्य दुई सदस्यमा सन्तोषबाबु लोहनी र वीरेन्द्रप्रसाद भट्ट छन् ।
नवनियुक्त सदस्य सुवेदी २५ वर्षदेखि संगीत र डकुमेन्ट्री फिल्म निर्माणमा सक्रिय छन् । उनले ३ कथानक फिल्ममा समेत काम गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4