
११ साउन, काठमाडौं। कञ्चनपुरमा माओवादी निकट अखिल क्रान्तिकारीका नेताहरूबीच हानाहान भएको छ । हानाहानपछि सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्ट घाइते भएका छन् ।
भट्टको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराले बताए ।
उनले भने, ‘ माओवादी निकट नेताहरूबीच हात हालाहाल भएको छ। उनीहरूबीच कुटपिट हुँदा रामचन्द्र भट्टको टाउकोमा सात वटा टाँका लगाइएको छ।’
डीएसपी बोहोराका अनुसार घाइते विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
पार्टी कार्यालयमा आन्तरिक छलफलका क्रममा कुटपिट भएको डीएसपी बोहोराको भनाइ छ ।
कुटपिट गरेको आरोपमा माओवादीकै कार्यकर्ता कञ्चनपुर वेदकोट नगरपालिका-८ बस्ने भुवन विष्टलाई पक्राउ गरिएको छ ।
प्रतिक्रिया 4