+
+
Shares
सिन्धुली घटना :

आमासहित ६ छोरा, ६ छोरी, बुहारी, नातिनी र ज्वाइँ बेपत्ता

बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र  १ जना ज्वाइँ रहेको प्रहरले जनाएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ साउन १२ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक १६ जना एउटै परिवारका सदस्य चार दिनदेखि बेपत्ता भएका छन्।
  • बेपत्ता हुनेमा उर्मिला हायु, उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ ज्वाइँ रहेका छन्।
  • घरको भान्सा भागमा आगलागी भए पनि अन्य भाग र घर वरपर तलासी गर्दा उनीहरू फेला परेका छैनन्।

१२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै बेपत्ता भएपछि अहिले खोजतलास सुरु भएको छ ।

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि हराएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र  १ जना ज्वाइँ रहेको प्रहरले जनाएको छ ।

बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन् ।

यसैगरी छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलेको छैन ।

उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सा मा १-२ दिन पहिले नै आगलागी भएको देखिएको तर घरको अन्य भागमा क्षती नभएको प्रहरीको भनाई छ ।

घरमा रहेका पशुचौपाया समेत सुरक्षित नै रहेको तथा घर तथा वरपरको क्षेत्रमा तलासी गर्दा निजहरु कतै नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?