+

ब्लु लोटस हेल्थ होम केयरको पाँचौं वार्षिकोत्सव सम्पन्न

२०८२ साउन  १२ गते १६:४१ २०८२ साउन १२ गते १६:४१
ब्लु लोटस हेल्थ होम केयरको पाँचौं वार्षिकोत्सव सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्लु लोटस हेल्थ होम केयर प्रा. लि.ले पाँचौँ वार्षिक उत्सव आइतबार विशेष समारोह गरी मनाएको छ।
  • संस्थाका अध्यक्ष डा. सुरज कर्माचार्यले अकुपञ्चर सेवा आम नागरिकसम्म सहज पहुँच होस् भन्ने उद्देश्यले स्थापना गरिएको बताए।
  • संस्थाले अकुपञ्चर क्षेत्रमा योगदान पुर्‍याउने चिकित्सक र कर्मचारीहरूलाई सम्मान गरेको छ।

काठमाडौं । नेपालमा अकुपञ्चर सेवाको विकासमा अग्रणी भूमिका खेलेको संस्था ब्लु लोटस हेल्थ होम केयर प्रा. लि.ले पाचौँ वर्ष पूरा गरेको छ ।  संस्थाले आफ्नो पाँचौँ वार्षिक उत्सव विशेष समारोह आयोजना गरी आइतबार मनाएको हो।

संस्थाका अध्यक्ष अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले नेपालमा अकुपञ्चरको विशेषज्ञ सेवामा आम नागरिकसम्म सहज पहुँच होस् भन्ने उद्देश्यका साथ संस्थाको स्थापना गरिएको जानकारी दिए । उनले आजको दिनसम्म आइपुग्दा सोचेको भन्दा धेरै बिरामीहरूको माया, प्रेम र सद्‍भाव प्राप्त भएको भन्दै खुसी व्यक्त गरे ।

समारोहमा प्रमुख अतिथि रहेका प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीले संस्थाको संघर्ष, सफलता र भविष्यको लक्ष्यबारे धारणा राखे । उनले सबै कर्मचारीप्रति कृतज्ञता व्यक्त गरे।

मेडिकल डाइरेक्टर डा. प्रसिद्ध खड्गीले प्रारम्भिक चुनौतीहरूका बाबजुद, बिरामी केन्द्रित सेवा र समर्पित टिमको सहकार्यले आज यो संस्था यति उचाइमा पुगेको बताए । उनले आगामी दिनहरूमा अझ आधुनिक पद्धति र प्रविधि थप्दै बिरामीको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता प्रतिबद्धता व्यक्त गरे ।

अकुपञ्चर क्षेत्रमा योगदान पुर्‍याउने चिकित्सकहरू डा. प्रशन्न तिवारी, डा. ईश्वर ज्ञवाली, डा. नरेन्द्र लामिछानेलाई सम्मान गरियो । साथै संस्थामा लामो समय योगदान पुर्‍याउने कर्मचारीहरूलाई समेत कदरपत्र प्रदान गरियो । वर्षको सर्वोत्कृष्ट कर्मचारीको रूपमा सुजला कार्की सम्मानित भइन्।

ब्लु लोटस हेल्थ होम केयर प्रा. लि. २०७७ साल श्रावण ११ गते स्थापना भएको थियो ।

अकुपञ्चर ब्लु लोटस हेल्थ होम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

महले साँच्चै पुरुषको प्रजनन क्षमता बढाउँछ ?

महले साँच्चै पुरुषको प्रजनन क्षमता बढाउँछ ?

अहिले धेरैजसो बच्चाले चस्मा लगाइरहेका छन्, दृष्टिदोषको जोखिम बढ्यो  (भिडियो)

अहिले धेरैजसो बच्चाले चस्मा लगाइरहेका छन्, दृष्टिदोषको जोखिम बढ्यो (भिडियो)

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

इन्सुलिन लिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरामा

इन्सुलिन लिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरामा

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

आलु र चामल : कुन खाँदा तौल छिटो बढ्छ ?

आलु र चामल : कुन खाँदा तौल छिटो बढ्छ ?