+
+
Shares

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको भरतपुर महानगरपालिका–१८ गुञ्जनगरमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा शेरबहादुर थापालाई करेन्ट लागेर मृत्यु भएको छ।
  • ५० वर्षीय थापालाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

१३ साउन, भरतपुर । चितवनमा मंगलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका– १८ गुञ्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए ।

उनलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?