News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्टरनेशनल हेल्थ सर्भिसले क्यान्सर रोगप्रति जनचेतना फैलाउन काठमाडौं महानगरपालिका वडा न २७ को संयोजनमा क्यान्सर स्क्रिनिङ शिविर आयोजना गर्ने भएको छ।
- शिविर शनिबार जमलस्थित विश्वज्योती हलमा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
- डा. अख्तरको नेतृत्वमा क्यान्सर प्रारम्भिक चरणमै पत्ता लाग्ने सम्भावना बढाउन निःशुल्क परामर्श र ५० प्रतिशत छुटमा विभिन्न परीक्षण गरिनेछ।
काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस(एनआईएचएस)ले क्यान्सर रोगप्रति जनचेतना फैलाउने उद्देश्यले क्यान्सर स्क्रिनिङ शिविर हुने भएको छ । काठमाडौं महानगरपालिका वडा न २७ को संयोजनमा शनिबार जमलस्थित विश्वज्योती हलमा उक्त शिविर हुन लागेको हो ।
शिविर बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
क्यान्सररोग विशेषज्ञ डा. अख्तरको नेतृत्व रहेको शिविरमा सर्वसाधारणका लागि क्यान्सरको प्रारम्झिक स्क्रिनिङ गरिने छ । यस्तो स्त्रिनिङले क्यान्सर प्रारम्भिक चरणमै पत्ता लाग्ने सम्भावना धेरै हुने र समयमै उपचार गर्दा रोग निको हुने सम्भावना बढ्ने डा. अख्तर बताए।
डा. अख्तरले जोखिम न्यूनिकरण गर्न प्रत्येक व्यक्तिले समय–समयमा यस्तो परीक्षणमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । साथै, शिविरमा भिटामिन डी थ्री, थायराइड, मधुमेह, युरिन रुटिन, प्रोस्टेट र पेल्भिसको अल्ट्रासाउण्डमा ५० प्रतिशत छुट र क्यान्सर सम्बन्धी निःशुल्क परामर्श दिइनेछ ।
प्रतिक्रिया 4