+
+
Shares

कैलालीको सेकुवा सेन्टरमा किशोरीको हत्या, एक जना कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १७ गते १२:४०

१७ साउन, धनगढी । कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजुवालको चक्कु प्रहार गरी हत्या भएको हो ।

बर्दगोरिया गाउँपालिका-३ घर भएकी उनी सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्थिन् ।

सेजुवाललाई सोही सेकुवा सेन्टरमा काम गर्ने निरज साउदले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं  प्रहरी नायव उपरीक्षक(डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार बिहान १० बजेतिर सेजुवालमाथि बर्दगोरिया-१ का ३३ वर्षीय साउदले चक्कु हानेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजुवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए ।

सेजुवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?