+

आयरल्याण्डले नेपालमा आएर शृंखला खेल्ने, भारत ‘ए’ सँग खेल्नेबारे छलफल

२०८२ साउन  १९ गते ८:०६ २०८२ साउन १९ गते ८:०६
आयरल्याण्डले नेपालमा आएर शृंखला खेल्ने, भारत ‘ए’ सँग खेल्नेबारे छलफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले आयरल्याण्डको सिनियर टोली नेपालमा शृंखला खेल्न पक्का भएको बताए।
  • चन्दले श्रीलंका र बंगलादेशसँग निरन्तर कुराकानी भइरहेको र फाइनल नहुन्जेल केही भन्न नसकिने खुलाए।
  • अफगानिस्तानले काबुलमा खेल्न अफर गरिरहेको भए पनि नेपाल जान नसकेको चन्दले उल्लेख गरे।

१९ साउन, काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आयरल्याण्डको सिनियर टोलीले नेपालमा आएर शृंखला खेल्ने कुरा पक्का भएको बताएका छन् ।

एनपीएल टोली सुदूरपश्चिम रोयल्सको डगआउट पोडकास्टमा कुरा गर्दै चन्दले यस्तो बताएका हुन् । ‘आयरल्याण्ड पक्का आउँदै छ, गतवर्ष ए टिम आएर खेल्यो’ उनले भने । यसबारेमा आधिकारिक सूचना भने आउन बाँकी छ ।

त्यस्तै पछिल्लो समय भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले निरन्तर सहयोग र पहल गरेको बताउँदै चन्दले भारतसँग एमओयू हस्ताक्षर गर्न छलफल भएको बताउँदै भारतको ‘ए’ टोलीसँग पनि खेलिने बताएका छन् ।

‘भारतले पछिल्लो समय धेरै सहयोग गर्दै छ, दुतावासदेखि लिएर बोर्डले, एक खालको एमओयू पनि ड्राफ्ट भएको छ, भारत ए सँग डेफिनेट्ली हामी खेल्छौं’ चन्दले भने । यी सबै हाल छलफलकै क्रममा रहेको र आधिकारिक रूपमा केही समयमा सार्वजनिक गरिने उनले जनाए ।

विभिन्न टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्नका लागि निरन्तर छलफल भइरहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । श्रीलंका र बंगलादेशसँग निरन्तर कुराकानी भइरहेको चन्दले बताए ।

‘श्रीलंका र बंगलादेशसँग निरन्तर कुराकानी भइरहेको छ, फाइनल नहुन्जेलसम्म केही भन्न त मिलेन’ चन्दले भने, ‘अफगानिस्तानले काबुलमा खेल्नका लागि पहिल्यैदेखि अफर गरिरहेको छ, हामी नै जान भ्याएनौं।’

महिला क्रिकेट टोलीका लागि पनि स्तरीय टोलीसँग खेल्नका लागि छलफल चलिरहेको चन्दले बताए। महिला टोलीले आउँदो जनवरीमा टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्दै छ । प्रतियोगिता नेपालमै आयोजना हुँदैछ ।

चन्दले क्यानका सचिव पारस खड्काको पनि प्रशंसा गरे । ‘पारस नेपालले पाएको सबेभन्दा सफल खेलाडी र कप्तान हो, अहिले अब क्यानमा पनि हामीले काम गरिरहेका छौं, राम्रो भइरहेको छ’ उनले भने ।

चतुरबहादुर चन्द नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय