
News Summary
Generated by OK AI. Editorially reviewed.- असोज १३ गते दशैंको फूलपातीमा अभिनेता तथा गायक प्रकाश सपुतका दुई फिल्म \'माइतीघर\' र \'हरिबहादुरको जुत्ता\' प्रदर्शनमा आउने भएका छन्।
- कमेडी तथा सोसल ड्रामा \'हरिबहादुरको जुत्ता\' दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् र यसमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्कीको अभिनय छ।
- \'माइतीघर\' रोहित अधिकारी फिल्मस्को प्रस्तुति र मिलन तामाङ निर्देशित फिल्म हो जसमा प्रकाश सपुत, केदार घिमिरे, धिरज मगर, उपासनासिंह ठकुरीको अभिनय छ।
काठमाडौं । एकैदिनमा अभिनेता तथा गायक प्रकाश सपुतका दुई फिल्म प्रदर्शनमा आउने भएका छन् । त्यो पनि दशैंको फूलपातीमा !
असोज १३ गते सपुत अभिनित ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउने भएका हुन् ।
यी दुबै फिल्मले पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसार थालेको जनाएका छन् । फिल्मका पोस्टरमा सपुतलाई उनको क्यारेक्टर लुक्समा देख्न सकिन्छ ।
कमेडी तथा सोसल ड्रामा ‘हरिबहादुरको जुत्ता’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको यो फिल्ममा स्वस्तिमा खड्का, प्रियंका कार्कीको पनि अभिनय छ ।
’माइतीघर’ रोहित अधिकारी फिल्मस्को प्रस्तुती र मिलन तामाङ निर्देशित फिल्म हो । यसमा प्रकाशसहित केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, उपासनासिंह ठकुरी लगायतको अभिनय छ ।
पहिलोपटक एकैमितिमा दुई फिल्म, त्यो पनि महत्वपूर्ण समयमा रिलिज हुने भएपछि प्रचारप्रसारमा प्रकाशलाई चटारो र दबाब हुने देखिएको छ । दशैंमा आउने फिल्मले प्रचारप्रसारमा उच्च लगानी गर्ने समेत तिनका निर्माताले बताइरहेका छन् ।
‘परदेशी २’बाट फिल्म अभिनयमा डेब्यु गरेका प्रकाश अभिनित दुबै फिल्म पहिलोपटक प्रदर्शनमा आउन लागेका हुन् । उनको सहायक भूमिका रहेको ‘पूर्णबहादुरको सारंगी’ सर्वकालिन ब्लकबस्टर फिल्म हो ।
उनले आफ्नै होमप्रोडक्सन फिल्म ‘वसन्त’बाट निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म बक्सअफिसमा कमजोर रह्यो । उनी अभिनित ‘सोल्टिनी’ रिलिज तयारीमा छ । ‘परालको आगो’ दशैंपछि छायांकन हुने अपेक्षा छ ।
प्रतिक्रिया 4