+
+
Shares

१२ कक्षा नतिजा : अनुत्तीर्ण हुनेमा कर्णाली र सुदूरपश्चिमका धेरै 

४ जीपीए कसैको पनि आएन

कर्णाली प्रदेशमा ४९.८१ प्रतिशत परीक्षार्थी ननग्रेडेड हुँदा सुदूरपश्चिम प्रदेशमा ४५.६१ प्रतिशत परीक्षार्थी ननग्रेडेड भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको १२ कक्षाको नतिजामा १ लाख २४ हजार ८४१ परीक्षार्थीमध्ये ६१.१७ प्रतिशत ग्रेडेड भएका छन्।
  • बागमती प्रदेशमा सबैभन्दा बढी ७०.४७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नतिजा कमजोर देखिएको छ।
  • यस वर्ष कसैले पनि ४ जीपीए ल्याउन सकेका छैनन् र सबैभन्दा उच्च जीपीए ३.९६ रहेको बोर्डले जनाएको छ।

२० साउन, काठमाडौं । सोमबार सार्वजनिक १२ कक्षाको नतिज अनुसार सबैभन्दा धेरै उत्तीर्ण परीक्षार्थी बागमती प्रदेशबाट भएका छन् । १ लाख २४ हजार ८४१ जनाले परीक्षा दिएकोमा ८७ हजार ९७६ जना ग्रेडेड (७०.४७ प्रतिशत) भएका छन् भने ३६ हजार ८६५ (२९.५३ प्रतिशत) जना ननग्रेडेड भएका छन् ।

कोशी प्रदेशमा ६२ हजार १४१ जनाले परीक्षा दिएकोमा ३७ हजार १६२ (५९.८१ प्रतिशत) ग्रेडेड र २४ हजार ९७९ (४०.१९ प्रतिशत ) जना ननग्रेडेड भएका छन् । मधेश प्रदेशमा ५३ हजार १६६ जनाले परीक्षा दिएकोमा २९ हजार ८४३ जना (५६.१३ प्रतिशत) ग्रेडेड हुँदा २३ हजार ३२३ जना (४३.८७ प्रतिशत) ननग्रेडेड भएका छन् ।

गण्डकी प्रदेशमा २८ हजार २४१ जनाले परीक्षा दिएकोमा १८ हजार १३८ जना (६४.२२ प्रतिशत) उत्तीर्ण भएका छन् भने १० हजार १०३ जना (३५.७७ प्रतिशत) ननग्रेडेड भएका छन् । लुम्बिनी प्रदेशमा ६७ हजार ८६ जनाले परीक्षा दिएका थिए । जसमा ३७ हजार ७६३ जना (५६.२९ प्रतिशत ) ग्रेडेड हुँदा २९ हजार ३२३ जना (४३.७ प्रतिशत) ननग्रेडेड भएका छन् । कर्णाली प्रदेशमा २५ हजार ४५८जनाले परीक्षा दिएकोमा १२ हजार ७७७ जना (५०.१८ प्रतिशत) ग्रेडेड र १२ हजार ६८१ जना (४९.८१ प्रतिशत) ननग्रेडेड भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ३६ हजार ४१४ जनाले परीक्षा दिएकोमा १९ हजार ८०६ जना (५४.३९ प्रतिशत) ग्रेडेड र १६ हजार ६०८ जना (४५.६१ प्रतिशत) ननग्रेडेड भएका छन् । प्रदेश अनुसारको नतिजा हेर्दा सबैभन्दा कमजोर कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा देशभरबाट भने ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षको भन्दा ९ प्रतिशतले बढी हो । गत वर्ष ५२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

बोर्डका अनुसार यो वर्ष नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २ लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कुल २ लाख ८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

बोर्डले नतिजा सार्वजनिक गर्न सोमबार आयोजना गरेको पत्रकार सम्मेलन/फाइल तस्वीर

४ जीपीए कसैको आएन

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष कसैले पनि ४ जीपीए ल्याएका छैनन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा जीपीए ३.९६ सम्म मात्र ल्याएका छन् । ‘४ जपीए कसैको पनि आएको देखिएन । ३.९६ सम्म आएको छ’, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

बोर्डले सार्वजनिक गरेको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?