+

भलिबल खेलाडी कविता विदेश पलायन

२०८२ साउन  २१ गते १४:३९ २०८२ साउन २१ गते १४:३९
भलिबल खेलाडी कविता विदेश पलायन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अस्ट्रेलिया पलायन भएकी छन्।
  • कविताले पल्सर स्पोर्ट्स अवार्ड २०२३ मा ‘पिपुल्स च्वाइस अवार्ड’ पाएकी थिइन्।
  • अस्ट्रेलिया जानुअघि टिममेटहरूले उनलाई बिदाई गरेका थिए।

२१ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिम तथा एपीएफ क्लबकी मिडल ब्लकर कविता भट्ट विदेश पलायन भएकी छन् । उनी अस्ट्रेलिया गएकी हुन् ।

एपीएफबाट राजीनामा दिएकी कविताको राजीनामा स्वीकृत भइसकेको एपीएफ स्रोतले जनाएको छ।

कविता पल्सर स्पोर्ट्स अवार्ड २०२३ मा ‘पिपुल्स च्वाइस अवार्ड’बाट सम्मानित भएकी थिइन् । उनी काभा महिला नेसन्स लिग २०२४ मा दोस्रो र काभा च्यालेन्ज कप २०२३ मा तेस्रो हुने नेपाली टिमकी सदस्य थिइन्।

गत सिजनको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)मा गण्डकी थन्डर्सबाट खेलेकी कविता यो सिजनका लागि काठमाडौं क्वीन्समा अनुबन्धित भएकी छन् ।

अस्ट्रेलिया जानुअघि उनलाई टिममेटहरूले बिदाई गरेका थिए।

कविता भट्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय