+
+
Shares

सुनको भाउ इतिहासकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले २३ साउनका लागि सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २३२५ रुपैयाँ कायम भएको छ।

२३ साउन, काठमाडौं । शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि गत मंगलबार मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो ।

चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेसँगै २३२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा यसअघि साउन ७ गते २३५० रुपैयाँको रेकर्ड बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?