+

सरकारले रवीन्द्र ढाँटलाई ५ लाख पुरस्कार दिने

२०८२ साउन  २८ गते ९:२४ २०८२ साउन २८ गते ९:२४
सरकारले रवीन्द्र ढाँटलाई ५ लाख पुरस्कार दिने

२८ साउन, काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले नगद पुरस्कार घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले  प्रोत्साहनस्वरुप उनलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीका अुनसार ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय पनि भएको छ ।

गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए ।

रवीन्द्र ढाँट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय