+
+
Shares

सुनसरीको झुम्का कारागारबाट कैदी भागे

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १२:११

२८ साउन, विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् ।

जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् ।

जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो ।  कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् ।

सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।  उनी २०८१ साउन २१ गतेदेखि  कारागारमा थिए ।

घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?