+

नेपाली श्रमिकको स्वास्थ्य उपचारको जिम्मा रोजगारदाता मुलुकले लिनुपर्छ : स्वास्थ्य मन्त्री पौडेल

२०८२ साउन  २८ गते १५:४८ २०८२ साउन २८ गते १५:४८
नेपाली श्रमिकको स्वास्थ्य उपचारको जिम्मा रोजगारदाता मुलुकले लिनुपर्छ : स्वास्थ्य मन्त्री पौडेल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य मन्त्री प्रदिप पौडेलले वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्योपचार जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्ने बताए।
  • पौडेलले वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्य उपचार सम्बन्धित देशका रोजगारदाताले गर्नुपर्ने विषय डब्लुएचओमा उठाउने जानकारी दिए ।

२८ साउन, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्योपचारको जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्‍घाटन गर्दै उनले यस्ता धारणा राखेका हुन् ।

विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) मा वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्य उपचार सम्बन्धित देशका रोजगारदाताले गर्नुपर्ने विषय उठाएको मन्त्री पौडेलले स्मरण गरे। डब्लुएचओको आगामी सभामा नेपालले यो विषय प्रस्ताव गर्ने उनले जानकारी दिए ।

साढे १३ हजारले डयालसिस गर्दा ८ हजार वैदेशिक रोजगारीबाट फर्केका श्रमिक हुने गरेको उनले बताए ।

मन्त्री पौडेलले बिगतको तुलनामा नागरिकको स्वास्थ्य समस्या बढ्दै गएको तर राज्यले स्वास्थ्यलाई प्राथमिकता नदिएको आरोप लगाए । स्वास्थ्य बीमामा २९ अर्ब आवश्यक रहे पनि सरकारले १० अर्ब मात्र छुट्याइएको भन्दै योगदानमा आधारित स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने विचार राखे ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले रक्तदान केवल समाजप्रतिको जिम्मेवारी मात्र नभई जीवन बचाउने महान कार्य भएको बताइ । यस्ता समाजिक कार्यमा युवाहरू सधैँ अग्रसर हुनुपर्ने धारणा कुँवरले राखे ।

कार्यक्रममा ५० जना भन्दा बढीले रक्तदान गरे ।

रक्तदान कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारको अध्यक्षतामा भएको थियो । युवा समितिले देशैभर विभिन्न कार्यक्रम आयोजना गरि मनाएको सुनारले जानकारी दिए ।

रक्तदान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिन्ताले पार्छ शरीरमा यस्ता प्रभाव, कति घातक ?

चिन्ताले पार्छ शरीरमा यस्ता प्रभाव, कति घातक ?

अस्पतालमा दिइने सुईको आविष्कार कसरी भयो ? जानौं इतिहास

अस्पतालमा दिइने सुईको आविष्कार कसरी भयो ? जानौं इतिहास

कुन उमेरमा गर्भधारण गर्दा के-के हुन्छ फाइदा, बेफाइदा ?

कुन उमेरमा गर्भधारण गर्दा के-के हुन्छ फाइदा, बेफाइदा ?

अस्पतालैपिच्छे रहेका विकास समिति पुनर्संरचना गर्नुपर्छ

अस्पतालैपिच्छे रहेका विकास समिति पुनर्संरचना गर्नुपर्छ

मानसिक स्वास्थ्यका लागि अदृश्य औषधि

मानसिक स्वास्थ्यका लागि अदृश्य औषधि

सर्पले मस्तिष्कबाट जति नजिक टोक्यो त्यति छिटो शरीरमा विष फैलिन्छ

सर्पले मस्तिष्कबाट जति नजिक टोक्यो त्यति छिटो शरीरमा विष फैलिन्छ