+

काजखस्तानकी अलेनाले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

२०८२ साउन  २८ गते १६:५५ २०८२ साउन २८ गते १६:५५
काजखस्तानकी अलेनाले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि काजखस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ।
  • काठमाडौं स्पाइकर्सले बुल्गेरियन सेटर नेकोभा निकोलाएभासँगै दोस्रो विदेशी खेलाडी अलेनालाई अनुबन्ध गरिसकेको छ।
  • एभरेष्ट महिला भलिबल लिगको दोस्रो सिजन भदौ २० देखि २८ गतेसम्म काठमाडौंमा हुने छ।

२८ साउन । काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) का लागि काठमाडौं स्पाइकर्सले काजखस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ ।

काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीको रुपमा अलेनाको नाम घोषणा गरेको हो । काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ ।

२९ वर्षीय अलेनाले अपोजिट हिटर हुन् । अलेनाले काजखस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन् । उनले एभिसी महिला च्याम्पियन्स लिग समेत खेलिसकेकी छन् ।

दुई विदेशी खेलाडी नकोभा र अलेनालाई अनुबन्ध पछि काठमाडौं स्पाइकर्सको टिम अझ सन्तुलित र मजबुत हुने टिमको विश्वास छ । पहिलो सिजनमा काठमाडौंमा टर्कीए र बुल्गेरियका विदेशी खेलाडीले खेलेका थिए ।

एभरेष्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न प्रावधान छ । तेस्रो तथा अन्तिम विदेशी खेलाडी पनि छिटै घोषणा गर्ने काठमाडौं स्पाइकर्सले जनाएको छ ।

पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) हुनेछ ।

एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय