+

अन्तर्राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

२०८२ साउन  २९ गते १५:३४ २०८२ साउन २९ गते १५:३४
अन्तर्राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगिताको तयारी पूरा भई शुक्रबारदेखि आइतबारसम्म हुँदैछ।
  • प्रतियोगितामा नेपाल, भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानसहित ६ राष्ट्रका १२० भन्दा बढी खेलाडी सहभागी हुनेछन्।
  • नेपालमै पहिलोपटक निजी संस्थाले एन्टी डोपिङ परिक्षण गर्ने र डोपिङ टेष्ट कतारमा पठाएर गरिने आयोजकले बताए।

२९ साउन, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता शुक्रबारदेखि आइतबारसम्म हुँदैछ ।

आयोजक नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगिता हिमालय क्विस्टा प्रोको मुख्य प्रायोजन, सुर्या प्लाइको सह-प्रायोजन र वर्ल्ड पावरलिफ्टिङको साझेदारीमा हुँदैछ ।

प्रतियोगितामा पावरलिफ्ट, बेन्च प्रेस, डेडलिफ्ट गरेर कूल ३ वटा स्पर्धा हरू रहेका छन् । यसअघि चार विधा राखिएकोमा तीन विधामा मात्र खेलाउन लागिएको आयोजकले जनाएको छ ।

अर्को विधामा भने कम खेलाडी सहभागी रहेकाले हटाइएको आयोजक नेपाली युथ फिटनेस एण्ड केलिसथेनिस्कका अध्यक्ष सुकदेव कार्कीले बताए ।

नेपाल, भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानसहित ६ राष्ट्रका १२० भन्दा बढी खेलाडीहरू प्रतियोगितामा सहभागी हुनेछन् ।

नेपालमै नीजी संस्थाले पहिलो पटक एन्टी डोपिङ परिक्षण गराउने छ । डोपिङ टेष्ट डा. ज्ञानेन्द्र शाह र डा. नविश मान सिंह सँग सहकार्य गरे स्याम्पल कलेक्ट गरिने र वर्ल्ड पावरलिफ्टिङ एसोसिएसनसँग सहकार्य त्यसलाई कतारमा पठाएर टेष्ट गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पदक विजेताहरूलाई मेडल, ट्रफी र आकर्षक उपहार, साथै ५ खेलाडीलाई १० लाख रुपैयाँ बराबरको एक वर्षे बीमा पुरस्कारस्वरूप प्रदान गरिनेछ ।

अन्तर्राष्ट्रिय पावरलिफ्टिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय