+
+
Shares

को हुन् ‘कोशेढुंगा’मा सुरक्षासँग जोडी बाँधेका मञ्जिल ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'कोशेढुंगा' भदौ १२ गते रिलिज हुँदैछ र यसमा सुरक्षा पन्त र मञ्जिलकुमार शीर्ष भूमिकामा छन्।
  • सरोज पौडेलको निर्देशनमा बनेको यो महिला प्रधान फिल्मको छायांकन स्याङ्जाको आँधिखोला, त्रिवेणी र सिरुबारी क्षेत्रमा गरिएको छ।
  • सेभेन सिज इन्टरनेसनलले फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ र कतिवटा मुलुकबाट रिलिज हुन्छ भन्ने यकिन छैन।

काठमाडौं । फिल्म ‘कोशेढुंगा’ अहिले चर्चामा छ । ‘पूर्णबहादुरको सारंगी’का निर्देशकको आगामी फिल्म भएकाले पनि दर्शक र फिल्म वृत्तमा यो प्रोजेक्ट प्रतीक्षित छ ।

महिलाप्रधान यो फिल्म तीजको छेकोमा हलमा आउनेछ । संवेदना र सन्देश बोकेको यो फिल्म महिलाप्रधान विषयवस्तुमा आधारित छ भन्ने कुरा यसका प्रवर्धन सामाग्रीले पुष्टि गर्छन् ।

शीर्ष भूमिकामा अभिनेत्री सुरक्षा पन्त छिन् । यथार्थपरक चरित्रमा आफूलाई प्रस्तुत गर्ने छवि बनाएकी सुरक्षाको शीर्ष भूमिका भएकाले यसको चरित्र चित्रण उत्कृष्ट हुनेमा दर्शक आशावादी छन् ।

उनको अपोजिटमा अभिनय गर्ने कलाकारबारे पनि दर्शकीय कौतुहलता छ । फिल्ममा पन्तको अपोजिटमा मञ्जिलकुमारले अभिनय गरेका छन् ।

नाटक अभिनयको पृष्ठभूमि सँगालेका उनी यो फिल्ममा शीर्ष भूमिकामा छन् । ग्रामीण चरित्रमा उनी प्रस्तुत छन् । सार्वजनिक भएका टिजर पोस्टर र गीतमा मञ्जिलको पहिलो झलक हेर्दा रजतपटमा पनि उनी दमदार छन् भन्ने अनुमान गर्न सकिन्छ ।

चितवनका कुमारको लागि ‘कोशेढुंगा’ डेब्यु फिल्म हो । ‘अभिनयमा रुचि रहेको अवस्थामा मैले राम्रो कथा र टिम पाएँ, त्यसैले यो फिल्ममा अभिनय गरेँ’ मन्जिल भन्छन्, ‘ऐतिहासिक सिनेमाका निर्देशक र अब्बल र अनुभवी कलाकारसँग काम गर्न पाएँ, यो मेरा लागि ठूलो मौका हो ।’

दर्शकलाई नबिझाउने खालको अभिनय गरेको उनको दाबी छ । अनुभवी र सफल निर्देशक तथा कलाकारसँग आफूले सहकार्य गर्ने मौका पाएको बताउँदै उनले सक्दो प्रयास गरेका बताए ।

सरोज पौडेलको निर्देशन रहेको यो फिल्म भदौ १२ गते रिलिज हुँदै छ । छायांकन स्याङ्जाको आँधिखोला, त्रिवेणी र सिरुबारी क्षेत्रमा गरिएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।

निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । फिल्मलाई सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । फिल्म कतिवटा मुलुकबाट रिलिज हुन्छ भन्ने कुराको यकिन तथ्यांक आउन बाँकी रहेको वितरक रमेश ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?