+
+
Shares

जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा, ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको जम्मू कश्मिरको कठुआमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ।
  • केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सामाजिक सञ्जाल एक्समा उक्त जानकारी दिएका छन्।
  • अत्यधिक वर्षाका कारण रेलवे ट्र्याक र राष्ट्रिय राजमार्गमा क्षति भएको छ र प्रशासनले निगरानी बढाएको छ।

१ भदौ, काठमाडौं । भारतको जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ ।

केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जम्मू कश्मिरको कठुआमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

‘जंगलोट क्षेत्रमा आरीघोप्टे वर्षा हुँदा चार जनाको मृत्यु भएको छ, अत्यधिक वर्षाृका कारण रेलवे ट्र्याक र राष्ट्रिय राजमार्ग समेतमा क्षति भएको छ’, मन्त्री सिंहले लेखेका छन् । प्रशासनले त्यसक्षेत्रमा निगरानी बढाएको उनको भनााइ छ ।

उनका अनुसार घटनालगत्तै कठुआका एसएसपी शोभित सक्सेनाले नागरिक प्रशासन, सेना र अर्धसैनिक बल उद्धारमा खटिएको जानकारी दिएको बताएका छन् ।

यसअघि २९ साउनमा पनि जम्मू कश्मिरकै किश्तवाडको चाशोटी क्षेत्रमा आरीघोप्टे वर्षा हुँदा ६० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?