+

महिला लिग छनोट : ६ दिनपछि प्रतियोगिता संयोजक तोकियो

२०८२ भदौ  ३ गते १६:२३ २०८२ भदौ ३ गते १६:२३
महिला लिग छनोट : ६ दिनपछि प्रतियोगिता संयोजक तोकियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले महिला लिग छनोट सुरु भएको ६ दिनपछि रमेश व्यञ्जनकारलाई प्रतियोगिता संयोजक नियुक्त गरेको छ।
  • महिला लिग छनोट गत बिहीबारदेखि सुरु भई छैटौं दिनमा मात्र संयोजक तोकिएको हो।
  • एन्फा महासचिव किरण राईले व्यञ्जनकारलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र प्रदान गरेका थिए।

३ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग छनोट सुरु भएको ६ दिनपछि प्रतियोगिता संयोजक तोकेको छ ।

एन्फा केन्द्रीय सदस्य रमेश व्यञ्जनकारलाई एन्फा महिला लिग छनोट प्रतियोगिता २०२५ को संयोजक नियुक्त गरिएको एन्फाले मंगलबार जानकारी दिएको हो ।

गत बिहीबारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा महिला लिग छनोट सुरु भएको थियो । तर त्यसको छैटौं दिनमा आएर मात्र प्रतियोगिता संयोजक तोकिएको हो । यतिबेलासम्म महिला लिग छनोटको ८ खेल सकिसकेको थियो ।

नवनियुक्त संयोजक व्यञ्जनकारलाई एन्फा महासचिव किरण राईले मंगलबारै एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र प्रदान गरेका थिए ।

प्रतियोगिता सुरु हुनु अघि नै प्रतियोगिताको संयोजक तोक्ने चलन भएपनि यस पटक भने एन्फाले छनोटका खेलहरु सुरु भएपछि मात्र संयोजक तोकिएको हो ।

एन्फाले विभिन्न प्रतियोगितामा एन्फा भित्रकै पदाधिकारीहरुलाई संयोजक तोक्ने गर्दै आएको थियो । यस पटक भने कसलाई संयोजक बनाउने भन्ने विषयमा छलफलमा ढिलाई हुँदा प्रतियोगिता सुरु भएपछि मात्र संयोजक तोकिएको स्रोतले जनाएको छ ।

 

महिला लिग छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय