+

काभा महिला नेसन्स लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभीमा हुने

२०८२ भदौ  ४ गते १५:११ २०८२ भदौ ४ गते १५:११
काभा महिला नेसन्स लिगको प्रत्यक्ष प्रसारण हिमालय टिभीमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आउँदो नोभेम्बर १५ देखि २२ सम्म काठमाडौंको टुँडिखेलमा काभा महिला नेसन्स लिग हुँदैछ।
  • नेपाल भलिबल संघ र हिमालय टिभीबीच ब्रोडकास्टिङ र मार्केटिङ राइट्स सम्झौता भएको छ।
  • प्रतियोगितामा सेन्ट्रल एसियाका ८ राष्ट्रले सहभागिता जनाउने छन्।

४ भदौ, काठमाडौं । आउँदो नोभेम्बरमा काठमाडौंमा हुने काभा महिला नेसन्स लिग भलिबलको प्रत्यक्ष प्रसारण हिमालय टिभीमा हुने भएको छ ।

नेपाल भलिबल संघ र हिमालय टीभीबीच बुधबार एक कार्यक्रममा ब्रोडकास्टिङ तथा मार्केटिङ राइट्स सम्बन्धी सम्झाैता भएको हो । सम्झौतापत्रमा भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द र टिभीका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरे।

हस्ताक्षरपछि आफ्नो भनाइ राख्दै गर्दै हिमालय टिभीका अध्यक्ष भुसालले प्रतियोगिताको ब्रोडकास्टिङ र मार्केटिङ राइट्सको अवसर प्रदान गरेकोमा भलिबल संघलाई धन्यवाद दिए ।

‘बिडिङबाट हामीले यो राइट्स प्राप्त गर्न सफल भयौं, हामीले मनोरञ्जन र खेललाई बढी प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं’ भुसालले भने, ‘संयोगले २ भलिबल प्रतियोगिता यस वर्ष प्रसारण गर्न पाएका छौं।’

हिमालय टिभीकै प्रिमियम च्यानलमा एभरेष्ट महिला भलिबल लिगको पनि प्रसारण गर्ने पक्का भइसकेको छ ।

‘फिफा विश्वकप फुटबलदेखि हामीले प्रिमियम च्यानलको सुरुवात पनि गरेका थियौं र लोकल लेभलको प्रतियोगिता पनि हामी केन्द्रीत गर्न चाहन्छौं, राष्ट्रिय खेल पनि हो, यो प्रतियोगिता पनि उत्कृष्ट रूपमा प्रसारण गर्ने कोसिस गर्नेछौं, यो सहकार्य अझै समृद्ध भएर जानेछ’ भुसालले थपे ।

त्यस्तै भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले हिमालयबाट राम्रो बिड आएकाले छानिएको बताए । ‘५-६ वटा बिडरहरु (मिडिया हाउस) आएकोले राम्रो बिड गरेकोमा हिमालय टिभी छानिएको हो । दुवै पक्षको अनुसार रकम गोप्य राखिएको छ’ चन्दले बताए ।

साथै काभा महिला नेसन्स लिगलाई विश्व वरियताको सिस्टममा समावेश गर्न एफआईभिबीलाई आग्रह गर्ने समेत नेपाल भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए ।

‘काभा महिला नेसन्स लिगका लागि हामीलाई सरकारले १ करोड छुट्याएको छ । काठमाडौं महानगरपालिकाले ३० लाख दिने भनेको छ । हामी प्रतियोगिताका लागि तयारी गरिरहेका छाैं’ अध्यक्ष चन्दले अगाडि भने ।

काभा महिला नेसन्स लिग आउटडोरमा टुँडिखेलमा गर्ने तयारीमा रहेको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले बताए । उनका अनुसार सेन्ट्रल एसियाका ८ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

‘यसपटक आउटडोरमा टुँडिखेलमा नेसन्स लिग गर्ने तयारी छ’ श्रेष्ठले भने । त्यसका लागि ८ हजार क्षमताको अस्थायी प्यारापिट बनाइने उनले बताए ।

काभा महिला नेसन्स लिग नोभेम्बर १५ देखि २२ सम्म हुँदैछ ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

काभा महिला नेसन्स लिग हिमालय टिभी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय