News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी सेप्टेम्बर ९ देखि यूएईमा हुने एसिया कप टी–२० का लागि हङकङको टोली घोषणा भएको छ।
- हङकङको टोलीको कप्तानमा यासिम मुर्तजा छन् र टोलीमा बाबर हायात, अन्शुमन राथ, निजाकत खान लगायतका खेलाडीहरू छन्।
- हङकङले गतवर्ष एसीसी प्रिमियर कपमा नेपाललाई हराएर एसिया कपमा स्थान बनाएको थियो र सन् २०२२ मा पनि एसिया कप खेलेको थियो।
६ भदौ, काठमाडौं । आगामी सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि हङकङको टोली घोषणा भएको छ । टोलीको कप्तानमा यासिम मुर्तजा छन् ।
टोलीमा आक्रामक हिटर बाबर हायातका साथै अन्शुमन राथ, पूर्वकप्तान निजाकात खानलगायतका परिचित खेलाडीहरू समावेश छन् ।
एसिया कप आउँदो सेप्टेम्बर ९ देखि यूएईमा हुँदैछ । गतवर्ष भएको एसीसी प्रिमियर कपमा नेपाललाई हराएर तेस्रो भएको हङकङ एसिया कपमा खेल्न छनोट भएको थियो ।
हङकङले पछिल्लोपटक सन् २०२२ को एसिया कप खेलेको थियो जहाँ भारत र पाकिस्तानसँग पराजित भएर समूह चरणबाटै बाहिरिएको थियो ।
एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, यूएई, ओमान र हङकङले प्रतिस्पर्धा गर्दैछन्।
हङकङको टोली : यासिम मुर्तजा (क), बाबर हयात, जिशान अली, निजाकत खान, नसरुल्ला राना, मार्टिन कोट्जी, अंशुमन राथ, कल्हान चल्लु, आयुष शुक्ला, मोहम्मद ऐजाज खान, अतीक उल इकबाल, किन्चित शाह, आदिल महमुद, हारुन अरशद, अली हसन, शाहिद वासिफ, गजनफर मोहम्मद, मोहम्मद वहीद, अनस खान, एहसान खान
प्रतिक्रिया 4