+
+
Shares

‘काजी’ छायांकन गर्न स्याङ्जा लागे विपिन, केकी, गरिमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मण रिजालको निर्देशनमा बन्ने फिल्म ‘काजी’को शुभमुहूर्त दक्षिणकाली मन्दिरमा गरिएको छ।
  • निर्माण टिमले स्याङ्जा प्रस्थान गरी भदौ ८ गतेदेखि छायांकन सुरु गर्ने निर्देशक रिजालले बताए।
  • फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्माको अभिनय हुनेछ र कालिप्रसाद बास्कोटाको संगीत रहनेछ।

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने फिल्म ‘काजी’को शुभमुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गरिएको हो ।

निर्माण टिम शुभमुहूर्तसँगै छायांकनको लागि स्याङ्जा प्रस्थान गरेको छ । भदौ ८ गते आइतबारबाट छायांकन सुरु गरिने निर्देशक रिजालले जानकारी दिए ।

यो फिल्मसँगै उनी ८ वर्षपछि निर्देशनमा फकेका हुन् । खोजेजस्तै पटकथा प्राप्त गरेकाले आफू निर्देशनमा फर्किएको उनले बताए ।

उनले यसअघि ‘कसम’, ‘धुँवा यो नशा’, ‘अलबिदा’, ‘कायरा’ लगायतका फिल्मको निर्देशन, ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।

आरएन्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुने यो सोसल लभस्टोरी फिल्मलाई रामप्रसाद रिजालले निर्माण गर्दैछन् । निर्माणमा यसअघिका कमजोरीलाई सच्याउने प्रयास हुने उनले बताए ।

छायांकनलाई लागि स्याङ्जामा लाखौं रुपैयाँ खर्च गरेर एक गाउँको सेट नै निर्माण गरिएको जानकारी दिए ।

फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय हुनेछ । प्रदीप भारद्धाजको पटकथा रहेको फिल्मलाई चिन्तन राजभण्डारीले खिच्दै छन् ।

कालिप्रसाद बासकोटाको संगीत छ । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?