News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश युनाइटेडले वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि नेदरल्याण्ड्सकी आउटसाईड हिटर किर्स्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ।
- वेसेल्सले नेदरल्याण्ड्सको यु-१९ र यु-२० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गरेकी छिन्।
- इडब्लुभीको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुनेछ।
६ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी आउटसाईड हिटर किर्स्टेन वेसेल्सलाई अनुबन्धन गरेको छ ।
मधेशले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा वेसेल्सलाई अनुबन्ध गरेको छ । यसअघि मधेशले नेदरल्याण्ड्सकै रोमी भिन्स्ट्रा र डानिक आर्डेमालाई अनुबन्ध गरेको घोषणा गरिसकेको छ ।
२६ वर्षीय वेसेल्स आफ्नो बहुमुखी क्षमता, दमदार आक्रमण र डिफेन्सका कारण चर्चित छन् । उनले भलिबल करिअरको सुरुवात घरेलु क्लब ‘एलएसभी लपर्सुम’ बाट गरेकी थिइन् ।
त्यसपछि ‘आरटीसी ग्रोनिङ्गेन’ हुँदै प्रतिष्ठित प्रशिक्षण केन्द्र ‘ट्यालेन्ट टिम’ पापेन्डल सम्मको यात्रा तय गरेकी उनको खेल कौशलले राष्ट्रिय स्तरमा ध्यानाआकर्षण भयो । केही वर्षपछि नेदरल्याण्ड्सको सबैभन्दा सफल क्लबमध्ये एक ‘स्लिड्रेच्ट स्पोर्टमा’ अनुबन्धित भइन् ।
स्लिड्रेच्ट स्पोर्टमा रहँदा उनले राष्ट्रिय उपाधि जितिन् र युरोपियन प्रतियोगितामा समेत आफ्नो दमदार प्रदर्शन देखाइन् । हाल उनी सुडोसा-डेस्टो क्लबमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् ।
उनले नेदरल्याण्ड्सको यु-१९ र यु-२० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गरेकी छन् ।
वेसेल्सलाई मधेश युनाइटेडमा अनुबन्ध गर्न पाउँदा क्लब धेरै खुशी रहेको उनको फुर्तिलो स्पाईक र ब्लक क्षमताले प्रभावशाली उपस्थिती देखाउने टोलीको विश्वास छ ।
उनको अन्तर्राष्ट्रिय स्तरको अनुभवले टोलीको लागि फाइदा पुग्ने विश्वास पनि छ ।
इडब्लुभीमा मधेश युनाइटेडमा अनुबन्ध हुन पाउँदा आफु निकै उत्साहित रहेको वेस्सेल्सले बताएकी छन् । नेपालमा सहभागिताले आफ्नो करिअरलाई नयाँ आयाम दिने र यो प्रतियोगिताले नेपाली महिला भलिबलको स्तर उकास्न र युवा खेलाडीलाई प्रेरित गर्ने अवसर मिल्ने उनले प्रतिक्रिया दिइन् ।
मधेश युनाइटेडले तीनवटै विदेशी खेलाडी नेदरल्याण्ड्सबाट अनुबन्ध गर्दै दुई देशबीचको खेलकुद आदान–प्रदानको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन् भने कोपिला उप्रेती मुख्य प्रशिक्षकमा छिन् । यस्तै ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन् ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।
मधेश युनाइटेड टिम : खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल, उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद, स्नेहा ठगुन्ना
प्रतिक्रिया 4