
६ भदाै, काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभाले छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रबार राजधानीमा आयोजित सभाबाट रामसुन्दर देउजा उपाध्यक्ष, प्रदीप सापकोटा महासचिव,तारा केसी कोषाध्यक्ष र सदस्यहरुमा क्रमशःपूर्णबहादुर श्रेष्ठ,शुभद्रा अधिकारी र वसन्तराम नकर्मी सर्वसम्मत चयन भएका छन् ।
सभा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.लक्ष्मणप्रसाद गौतमले सुनकोशीलाई नामजस्तै काम गरेर देखाउन सुझाव दिए ।
साधारणसभामा महासचिव प्रदीप सापकोटाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष तारा केसीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
दुवै प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । नवनिर्वाचित समितिलाई वधाई ज्ञापन गर्दै प्रा.डा. गौतमले प्रमाणपत्र वितरण गरे भने निर्वाचन संयोजक कार्कीले सपथ गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4