+
+
Shares

सुटकेसभित्र भेटियो महिलाको शव

सडक किनारमा बेवारिसे अवस्थामा भेटिएको सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले जानकारी दिए ।

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८२ भदौ ८ गते ७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको गौरमा सुटकेस भित्र अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको छ।
  • शव पहिचान खुल्न सकेको छैन र प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
  • यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ ।

८ भदौ, रौतहट । रौतहटको गौरमा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको हो ।

शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो ।

सुटकेसभित्र कोचेर राखेको अवस्थामा शव फेला परेको डीएसपी कार्कीले बताए । महिलाको पहिचान खुलेको छैन ।

प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी कार्कीले बताए ।

यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ । नेपाल लज भित्र मृत अवस्थामा भेटिएका सप्तरीका उपेन्द्र भगत, गौर–५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया पछि आज अज्ञात महिलाको शव भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?