
News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सुनको भाउ प्रतितोला २३ सय रुपैयाँ बढेर १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले भदौ ४ गतेदेखि चार दिनमा सुनको भाउ ४ हजार रुपैयाँले बढेको उल्लेख गरेको छ।
- चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेर २३५० रुपैयाँ पुगेको छ।
८ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार २ सय रुपैयाँ थियो । चार दिनमा सुनको भाउ ४ हजार बढेको छ । भदौ ४ गते सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ थियो ।
चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ रहेको चाँदी आज २३५० रुपैयाँ पुगेको छ । चार दिनमा चाँदी ९५ रुपैयाँ बढेको छ । भदौ ४ गते २२५५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4