+
+
Shares

रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले रुपन्देही–३ मा कात्तिक १७ मा हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय भएको छ।
  • माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलसँग गठबन्धन नगर्ने र अरु दलको उम्मेदवारलाई समर्थन नदिने जानकारी गराए।
  • राप्रपाबाट निर्वाचित दीपक बोहराको निधनपछि निर्वाचन आयोगले उपनिर्वाचन घोषणा गरेको छ।
  • मुख्य दलहरूले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएका छन्।

८ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले रुपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने भएको छ । कात्तिक १७ मा हुने उपनिर्वाचनमा अन्य दलसँग चुनावी गठबन्धन नगर्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले अन्य दलको उम्मेदवारलाई समर्थन नगर्ने जानकारी गराए ।

‘हामी आफ्नै उम्मेदवार उठाउँछौं । अरु दलसँग गठबन्धन गर्दैनौं,’ जिसीले अनलाइनखबरसँग भने, ‘हामीले केन्द्रलाई पनि यही भनेका छौं । माओवादी केन्द्रकै उम्मेदवार हुनुपर्ने र यही क्षेत्रको हुनपर्ने कुरा पनि पार्टी केन्द्रसँग गरेका छौं ।’

अन्य दललाई समर्थन नगर्ने माओवादी केन्द्रको बटमलाइन रहेको जिसीले बताए ।

यसअघिका दुई निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार यस क्षेत्रमा थिएनन् । गत दुई निर्वाचनमा माओवादी केन्द्रका मतदाताले हसिँया हथौडामा त दिन नपाएको उल्लेख गर्दै जिसीले अनलाइनखबरसँग भने, ‘हसियाँ हथौडामा नै मत दिन पाउनुपर्ने कुरा केन्द्रलाई भनेका छौं ।’

राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन भएको हुँदा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको छ । उपनिर्वाचनका लागि दलहरू र स्वतन्त्र उम्मेदवारहरूले प्रचार सुरु समेत गरिसकेका छन् ।

मुख्य दलहरूमा एमालेबाट उम्मेदवार हुनका लािग चार आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको छ । रास्वपाले आकांक्षी ९ बाट भदौ १५ गते उम्मेदवार छनोट गर्ने भएको छ ।

कांग्रेसले तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?