+

टी-२० क्रिकेटमा ५०० विकेट पूरा गर्दै शाकिबले बनाए कीर्तिमान

२०८२ भदौ  ९ गते १२:२९ २०८२ भदौ ९ गते १२:२९
टी-२० क्रिकेटमा ५०० विकेट पूरा गर्दै शाकिबले बनाए कीर्तिमान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसन टी–२० क्रिकेटमा ५०० विकेट पूरा गर्ने पाँचौं खेलाडी बनेका छन्।
  • शाकिबले ५०० विकेट पूरा गर्ने पहिलो बाँयाहाते स्पीनरका रूपमा पनि कीर्तिमान बनाए।
  • उनी टी–२० क्रिकेटमा ५००+ विकेट र ७०००+ रन दुवै हासिल गर्ने पहिलो क्रिकेटर बनेका छन्।

९ भदौ, काठमाडौं । बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसनले टी–२० क्रिकेटमा ५०० विकेट पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा एन्टिगुवा एण्ड बारबुडा फाल्कन्सबाट खेल्ने उनले गएराति टोलीको जितमा उक्त रेकर्ड पनि बनाएका हुन्।

उनी यो कीर्तिमान हासिल गर्ने पाँचौं खेलाडी बनेका छन्। यसअघि अफगानिस्तानका राशिद खान (६६० विकेट), वेस्ट इन्डिजका ड्वेन ब्राभो (६३१) र सुनील नाराइन (५९०), तथा दक्षिण अफ्रिकाका इमरान ताहिर (५५४) मात्र यस सूचीमा थिए।

शाकिब पहिलो बाँया हाते स्पिनरका रूपमा ५०० विकेटको क्लबमा प्रवेश गरेका हुन्। यो रेकर्ड बनाउन उनलाई जम्मा ६ बल मात्र लाग्यो। उनले गएराति सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सविरुद्ध ११ रन मात्र दिएर ३ विकेट लिए ।

प्याट्रियट्सले पहिले ब्याटिङ गर्दै १३३ रन बनाएको थियो, र १३४ रनको लक्ष्यई शाकिबको टोली फाल्कन्सले पूरा गर्‍यो । जवाफी ब्याटिङमा शाकिबले १८ बलमा २५ रन पनि बनाए।

शाकिब टी–२० क्रिकेटमा ५००+ विकेट र ७०००+ रन दुवै हासिल गर्ने पहिलो क्रिकेटर पनि बने ।

शाकिबले टी-२० क्रिकेटमा ४५७ खेल खेल्दा ७५०० भन्दा बढी रन तथा ५०२ विकेट लिएका छन् ।

शाकिब अल हसन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय