+
+
Shares

एमाले विधान महाधिवेशन : नारा र लोगो बन्न बाँकी, अरू तयारी तीव्र

अति आवश्यक आवास व्यवस्थापनको जिम्मा लालबाबु पण्डितलाई दिइएको छ । यद्यपि एमालेले प्रतिनिधिहरूका निम्ति आवासको व्यवस्था गरेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आयोजना गर्न तयारी तीव्र पारिएको छ।
  • महाधिवेशनका लागि सचिवालय, मञ्च, स्वयंसेवक र स्वास्थ्य व्यवस्थापनका उपसमितिहरू गठन गरिएका छन्।
  • प्रतिनिधिहरूका लागि आवास व्यवस्था आफैं गर्नुपर्ने निर्णय गरिएको छ, आवश्यक परेमा टोलीले सहायता गर्नेछ।

९ भदौ, काठमाडौं । ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारिएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गोदावरीको हलको दुईपटक अनुगमन भइसकेको छ । हल व्यवस्थापन तथा मञ्च व्यवस्थापनको संयोजक विनोद श्रेष्ठ छन् । उनकै नेतृत्वमा गोदावरी हल व्यवस्थापनको कार्य चलिरहेको छ ।

‘सचिवालय कहाँ राख्ने, मञ्च कसरी व्यवस्थाप गर्ने, स्वयं कसरी परिचालन गर्ने, स्वास्थ्यकर्मीको टीम कति खटाउने जस्ता काम धमाधम भइरहेको छ’, केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी भन्छन् ।

विधान महाधिवेशनको तयारीका निम्ति एमालेले विभिन्न उपसमिति बनाएर काम गरिरहेको छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापनको काम भइरहेको छ ।

अति आवश्यक आवास व्यवस्थापनको जिम्मा लालबाबु पण्डितलाई दिइएको छ । यद्यपि एमालेले प्रतिनिधिहरूका निम्ति आवासको व्यवस्था गरेको छैन ।

प्रतिनिधिहरूबाट कुनै शुल्क नदिने, तर आवासको व्यवस्था आफैं गर्नुपर्ने निर्णय एमालेले गरेको छ । यद्यपि आफैं आवासको व्यवस्था गर्न नसक्नेहरूका निम्ति लालबाबु पण्डित नेतृत्वको टीमले आवश्यक व्यवस्था गर्नेछ ।

भिष्म अधिकारीको नेतृत्वमा खाद्य व्यवस्था र केन्द्रीय सचिवालय व्यवस्थापनको काम हुनेछ । प्रचार तथा प्रकाशन उपसमितिको संयोजन राजेन्द्र गौतम,  मञ्च व्यवस्थापनको संयोजन विनोद श्रेष्ठ, स्वास्थ्य व्यवस्थापन संयोजन कृष्णगोपाल श्रेष्ठ, स्वयंसेवक व्यवस्थापन संयोजन भानुभक्त ढकाल र सांस्कृतिक फाँटको संयोजन हेमराज राईले गरिरहेका छन् ।

‘विधान महाधिवेशनको नारा र लोगो टुंगिन बाँकी छ । अरु कामहरू तीव्र पारिएको छ,’ प्रचार प्रमुख गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?