
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार मंगलबार ४.८३ अंकले बढेर नेप्से परिसूचक २७६६ अंकमा पुगेको छ।
- कारोबार रकम ५ अर्ब ७५ करोडबाट घटेर ४ अर्ब १८ करोडमा आएको छ।
- विकास हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४७०.२० रुपैयाँ पुगेको छ।
१० भदौ, काठमाडौं । अघिल्लो दिन २१ अंक बढेको सेयर बजार मंगलबार ४.८३ अंक बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २७६६ अंकमा पुगेको छ । कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७७५ अंकसम्म पुगेको थियो, जुन अंक कारोबार अवधिभरको लागि उच्चतम रह्यो ।
बजार बढे पनि कारोबार रकम डेढ अर्ब बढीले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ४ अर्ब १८ करोडको भयो । धेरैजसो कम्पनीको मूल्य घटेको छ । १०१ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने एउटाको स्थिर रह्यो ।
अधिकांश समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै १.४२ प्रतिशत बढ्यो । अरु सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतमुनि रह्यो । बैंकिङ ०.१४, विकास बैंक ०.९६, फाइनान्स ०.१२ होटल तथा पर्यटन ०.१७, हाइड्रोपावर ०.०७, जीवन बीमा ०.०६ र व्यापार समूह ०.११ प्रतिशत बढे ।
उत्पादन तथा प्रशोधन ०.६८, माइक्रोफाइनान्स ०.४८, लगानी ०.१० तथा निर्जीवन बीमा ०.१० प्रतिशत घटे ।
विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । हालै दोस्रो बजारमा आएको यो कम्पनीको मूल्य प्रतिकित्ता ४७०.२० रुपैयाँ पुगेको छ । त्यस्तै नेपाल रिपब्लिक मिडियाको ८.६१, नारायणी डेभलपमेन्ट बैंकको ७.२८, सीवाईसी लघुवित्तको ४.५३ प्रतिशत मूल्य बढ्यो ।
नाडेप लघुवित्तको सबैभन्दा धेरे २.९९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी र बुटवल पावर छन् ।
प्रतिक्रिया 4