
१० भदौ, काठमाडौं । वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ ।
समुदायस्तरमै हैजा फैलिएका कारण संक्रमणलाई ध्यानमा राखेर महानगरले विद्यालय बन्द थप लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्याहरू बन्द आह्वान गरेको थियो ।
मंगलबार एक सूचना जारी गर्दै महानगरले ११-१३ भदौसम्म सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जनाएको हो ।
महानगरले विद्यालय बन्द हुने अवधिसम्म सेवा क्षेत्रभित्रका सबै समुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा खटाउने निर्णय गरेको छ ।
हैजा नियन्त्रण सम्बन्धी पोस्टर, पम्प्लेट तथा जनचेतनामूलक सामग्रीहरू शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरूलाई उपलब्ध गराउन महानगरले जनाएको छ ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया 4