
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रसिद्ध लेखक सरुभक्तको नाटक सिरुमारानी मण्डला थिएटरमा भदौ ११ देखि असोज ५ सम्म पुनः मञ्चन हुने भएको छ।
- नाटक अनुप न्यौपाने र सुमित्रा पेहिमको निर्देशनमा हरेक दिन साँझ ५:१५ बजे र शनिबार दिउँसो १:१५ बजे विशेष शो हुनेछ।
- सिरुमारानी नाटक पश्चिम नेपालमा आधारित लोककथा शैलीमा छ र नायकाले आफ्नो नारीत्व सुरक्षित गर्न संघर्ष गर्ने कथा देखाइएको छ।
१० भदौ, काठमाडौं । प्रसिद्ध लेखक सरुभक्तको नाटक सिरुमारानी मण्डला थिएटरमा पुन: मञ्चन हुने भएको छ । धेरै पटक प्रदर्शन भइसकेको यो नाटक यसपटक अनुप न्यौपाने र सुमित्रा पेहिमको निर्देशनमा मञ्चनमा आउन लागेको हो ।
मण्डलका अनुसार भदौ ११ गतेदेखि असोज ५ सम्म हरेक दिन (सोमबारबाहेक) साँझ ५:१५ बजे ‘सिरुमारानी’ मञ्चन हुनेछ । शनिबार भने दिउँसो १:१५ बजे पनि विशेष शो रहनेछ ।
यो नाटक पश्चिम नेपालमा आधारित लोककथा शैलीमा लेखिएको छ । नाटकमा सिरुमारानी नामक महिलाको कथा देखाइएको छ । जसले सम्बन्ध र जिम्मेवारीहरूका बीचमा आफ्नो नारीत्व सुरक्षित गर्न संघर्ष गर्छिन् । त्यो बीचमा केके हुन्छ, सो कुरा नाटकमा देखाइनेछ ।
सरुभक्तले यो नाटक २२/२३ वर्ष पहिल्यै लेखेका थिए । यसअघि वि.सं. २०७२ मा पनि मण्डलामा यो नाटक मञ्चन भएको थियो । त्यसबेला दयाहाङ राईले निर्देशन गरेको नाटकमा विजय बराल, निशा कार्की, सोमनाथ खनाल, जीवन भट्टराई, अनुप न्यौपाने लगायतले अभिनय गरेका थिए ।
प्रतिक्रिया 4