+
+
Shares

भुईंकटहरको भाउ बढ्यो, प्रतिगोटा कति पर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते ११:०२

११ भदौ, काठमाडौं । बजारमा भुईंकटहरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुईंकटहरको भाउ बढेको देखाएको हो ।

आज बुधबार कालीमाटी बजारमा भुईंकटहर थोकमा प्रतिगोटा न्यूनतम १४५ देखि अधिकतम १६० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार भने भुईंकटहर थोकमा प्रतिगोटा न्यूनतम १४० देखि अधिकतम १५० रुपैयाँमा  किनबेच भएको थियो ।

भुईंकटहर बजारमा बाह्रै महिना उपलब्ध हुने व्यवसायी बताउँछन् । भुइँकटहर नेपालमा तराई भेगमा उत्पादन हुन्छ । त्यहाँको उत्पादन कम हुने हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने गरेको कालीमाटीका व्यवसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?