
१२ भदौ, काठमाडौं । स्थानी बजारमा अकबरे खुर्सानीको मूल्य ओरालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानीको मूल्य घटेको हो ।
आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ घटेको छ । बुधबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
असार अन्तिम साता अकबरे खुर्सानी प्रतिकिलो २ सय १४ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै जेठ दोस्रो साता प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भएको अकबरे खुर्सानी वैशाख दोस्रो साता ३ सय ७७ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4