+
+
Shares

कामेश्वर चौरासिया स्टारर ‘अभिमन्यु’को ट्रेलर : कोही किन अपराधी बन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘अभिमन्यु : च्याप्टर १’को ट्रेलर सार्वजनिक भएको छ।
  • ट्रेलरमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी र प्रकाश दाहालको अभिनय छ।
  • फिल्म भदौ २७ देखि नेपाली र असोज ६ देखि हिन्दी संस्करणमा प्रदर्शन हुनेछ।

काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’को ट्रेलर सार्वजनिक भएको छ । क्राइम-थ्रीलर फिल्मले मुख्य पात्रले परिवारको खुसीको लागि आत्मसात गर्नुपर्ने बाटो र संघर्षको कथा पेश गर्छ ।

३ मिनेट ११ सेकेन्डको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र द्वन्द्वबारे प्रकाश पार्छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी, प्रकाश दाहालको अभिनय छ ।

सुशान्त गौतम निर्देशित फिल्मको पटकथा मुकेश खनालले लेखेका हुन् । सेभेन सिज सिनेमाजको ब्यानरमा निर्माण भएको फिल्मलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन् ।

‘अभिमन्यु’ नेपाली संस्करण भदौ २७ र हिन्दी संस्करण असोज ६ गतेदेखि प्रदर्शन तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?