+
+
Shares

कैलालीको खुटिया नदीमा डुबेर चार किशोर बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १६:२९
फाइल तस्वीर

१२ भदौ, धनगढी । कैलालीको खुटिया नदीमा डुबेर चार जना बेपत्ता भएका छन् ।

गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।

उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्धार गरिएको छ ।

नदीमा बेपत्ता भएका किशोरहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?